हार्दिक भावपूर्ण श्रद्धाञ्जली
थकाली अनुसन्धान केन्द्रको आयोजनामा स्व.प्रो.श्री सोमप्रसाद गौचनज्यूको यहि २०८० वैशाख ७ गतेका दिन असामयिक र अकल्पनीय निधनले थकाली अनुसन्धान केन्द्र परिवार अत्यन्त मर्माहत र स्तब्ध छौं । उहाँको लामा विधि अनुसार ४ दिनको स्ह्याक्सुङको दिनमा थकाली अनुसन्धान केन्द्र परिवारद्वारा स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजली अर्पण गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजनले धैर्यधारण गर्ने शक्ति हाम्रा ल्ह प्ल्ही र महागुरू नरिच्ह्योवले प्रदान गरून भनि हार्दिक सम्वेदना प्रकट गर्दछौं ।







