Thakali Research Centre

थकाली अनुसन्धान केन्द्रको ८औं अधिवेशन सम्पन्न

मिति २०८१ साल कार्तिक ३ गते  थकाली अनुसन्धान केन्द्रको ८औं अधिवेशन, थकाली सेवा समिति नेपाल, क्षेत्रीय समिति काठमाडौं क्षेत्रको सभाहलमा थकाली अनुसन्धान केन्द्रको अध्यक्ष एवम् ८औं अधिवेशनका सभापति श्री नरेशकुमार तुलाचनज्यूको सभापतित्व, र साथै प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री, एवम् पूर्व गण्डकी र  लुम्बिनी प्रदेशका प्रमुख श्रद्वेय अमिक शेरचनज्यू, विशेष अतिथिमा गण्डकी प्रदेशका सभासद माननीय बिमला गौचनज्यू र थकाली सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष श्री गजेन्द्र तुलाचनज्यू, यसै गरेर अतिथिज्यूहरूमा थसेस नेपालका निर्वतमान अध्यक्ष, अनुसन्धान केन्द्रको सल्लाहकार तथा साल्की क्हम्ब श्री सोमप्रसाद तुलाचनज्यू,पूर्व केन्द्रीय अध्यक्ष गोपाल नारायण भट्टचनज्यू, पूर्व केन्द्रीय अध्यक्ष श्री चित्रलाल शेरचनज्यू यसै गरेर पूर्व केन्द्रीय अध्यक्ष तथा थकाली अनुसन्धान केन्द्रका सल्लाहकार श्री खगेन्द्र भट्टचनज्यू, पूर्व केन्द्रीय अध्यक्ष तथा थकाली अनुसन्धान केन्द्रका सल्लाहकार श्रीमती कृष्णकुमारी शेरचनज्यू, थसेस नेपाल, काठमाडौं क्षेत्रका अध्यक्ष श्री कृष्ण गौचनज्यू काठमाडौं क्षेत्रका निरवर्तमान अध्यक्ष श्री खगेन्द्र भट्टचनज्यू, यसै गरेर खन्ति मुखिया तथा नरसाङ गोम्पा संरक्षण तथा व्यवस्थापनका अध्यक्ष श्रीमती सुवर्ण गौचनज्यू,

च्योकी क्हम्प श्री अशोक गौचनज्यू, टि्हम्चन क्हम्प श्री गुप्तमान शेरचनज्यू, प्हुर्की क्हम्प श्री बसन्त भट्टचनज्यू,

थकाली ट्होमहरू मध्येमा ट्होम गुरू श्री भीमबहादुर गौचनज्यू , लामाज्यूहरूमध्येबाट लामा गुरू श्री पदमबहादुर गौचनज्यू, यसैगरि  थकाली महिला परिवार केन्द्रका अध्यक्ष श्रीमती रिना भट्टचनज्यू, थकाली युवा परिवारका अध्यक्ष श्री मन्जिल शेरचनज्यू, थासाङ स्पोर्टस क्लवका अध्यक्ष श्री कृष्ण शेरचनज्यू, थकाली स्वास्थ्यकर्मी परिवारका अध्यक्ष श्री  बिश्व शेरचनज्यू, शान्ति बुद्ध समाजका अध्यक्ष श्री रमेशकुमार गौचनज्यू अतिथिज्यूहरूको गरिमामय उपस्थिति साथै थकाली ३८ क्ह्यूका ठलो,अध्यक्ष,संयोजक र प्रतिनिधिज्यूहरू अन्य विभिन्न बिधाबाट मनोनित पार्षदज्यूहरू साथै आर्थिक सहयोग गर्नु हुने चन्दाता महानुभावज्यूहरू र प्रवुद्व महिला तथा सज्जनवृन्दहरूको गरिमामय सहभागितामा सभ्य र भव्यपूर्वक ८औं अधिवेशन सुसम्पन्न भयो । उक्त सभाको सन्चालन सदस्य सचिव श्री शुशिला शेरचनज्यू र सह- सचिव श्री छनबहादुर भट्टचनज्यूले गर्नु भएको थियो, भने उद्घाटन समारोहमा स्वागत मनतव्य उपाध्यक्ष श्री योगेन्दमान भट्टचनज्यूले गर्नु भएको थियो ।

कार्यक्रम शुभाराम्भ राष्ट्रीय गानबाट भएको थियो र  स्वर्गवास हुनुभएका थकाली समुदायहरूको स्मरणमा १ मिनेट मौन धारण पश्चात प्रमुख अतिथिज्यूद्वारा थकाली इष्टदेवदेवी ल्हप्ल्ही र ल्ह महागुरू नरिच्ह्योवको फोटोमा खादा एवम् पुष्पाञ्जली अर्पण र अंकुमा द्वीप प्रज्वलन गरि  कार्यक्रम उद्घाटन  गर्नु भएको थियो । यसैक्रममा सर्वप्रथम थकाली अनुसन्धान केन्द्रबाट विशेष गरेर प्रकाशित थकाली महत्वपूर्ण संस्कृति खिमीच्हुवको अवसरमा थकालीबाट नेपालीमा अनुवादित प्हरफ्याव क्होइ, तोरन्ल सम्बन्धित  क्होइ पुस्तिका, फालोमा  कुमारहरूले गाउने प्राथर्नाका क्होइ, ल्हफेवमा ल्हप्ल्ही बीचको सम्बाद (तेकै तेव) क्होइ र  थासाङ अंक -४ समेत गरेर ३ वटा पुस्तकको प्रमुख अतिथि एवम् बिशेष अतिथिद्वयले लोकार्पण गर्नु भएको थियो । तत्पश्चात उद्घाटन समारोहको प्मुख अतिथिज्यूद्वारा

शुभ  कामना मन्तव्य गर्नु भएको थियो । उद्घाटन समारोहमा थकाली अनुसन्धान केन्द्र अन्तरगत स्थापित स्व. रञ्जु भट्टचन स्मृति अक्षयकोषबाट प्रोत्साहन स्वरूप थकाली संस्कृतिमा विशेष योगदान प्रदान गर्दै आउनु भएका संस्कृति विज्ञहरू मध्येबाट यस पटक ठलो श्री केशव नारायण भट्टचनज्यू र पूर्व च्योकी क्हम्ब सुरेन्द्र गौचनज्यूलाई प्रमुख अतिथिज् श्री अमिक शेरचनज्यू र स्व. समाजसेवी रन्जु भट्टचनज्यूको श्रीमान श्री सुशीलकुमार भट्टचनज्यूद्वारा सम्मानपत्र र दोसल्लाद्वारा सम्मानित गरिएको थियो । यसैगरि थकाली अनुसन्धान लेखन तथा भाषा संस्कृति संरक्षणमा आर्थिक सहयोग गर्नु हुने उपस्थित चन्दादाता महानुभावज्यूहरूलाई प्रमुख अतिथिज्यूबाट सम्मानपत्रद्वारा सम्मानित गर्नु भएको थियो । कारक्रमको अन्त्यमा प्रमुख अतिथिज्यूद्वारा आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । उद्घाटन समारोह अन्तमा सभाका सभाअध्यक्ष श्री नरेशकुमार तुलाचनज्यूबाट  व्यस्तताको बाबजुद पनि ८ औं अधिवेशनमा आतित्थ्यता ग्रहण गर्नु भई कार्यक्रम सफल तुल्याउनु भएकोमा आभार व्यक्त गर्दै प्रमुख अतिथि श्री अमिक शेरचनज्यूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । उद्घाटन समारोहको समापन गर्दै सभा अध्यक्षज्यूबाट आफ्नो मनतव्यमा सम्पूर्ण सहयोगी हातहरूलाई स- धन्यवाद एवम् आभार व्यक्त गर्दै उद्घाटन शत्र समापन गर्नु भएको थियो ।

     चियापान पश्चात बन्दशत्रको फलोवर ओपन भएको थियो उक्त बन्द शत्रमा सदस्य सचिव शुशिला शेरचनज्यू र कोषाध्यक्षज्यूले थकाली अनुसन्धान केन्द्रको ३ वर्षे कार्यकालमा भएको आआफ्ना प्रगति प्रतिवेदन पढेर सुनाउनु भएको थियो । भने सह- सचिव छनबहादुर भट्टचनज्यूबाट थकाली इतिहास  लेखन तथा भाषा संस्कृति संरक्षण परियोजनाको प्रगति प्रतिवेदन पढेर सुनाउन भएको थियो । साथसाथै थकाली अनुसन्धान केन्द्रको लिखित बिधान उपर केहि थप गर्नुपर्ने आवश्यक्ता महशुस गरि  केहि थप बुंदाहरूमा शंसोधन प्रस्ताव पेश गक्नु भएको थियो । यसरी अनुसन्धानकेन्द्रको सचिवजियू र कोषाध्यक्षको प्रतिवेदन र प्रस्तावित विधान उपर छलफल गरि प्रस्तावनामा केहि सुधार गर्दै सर्व सम्मतले पारित गरिएको थियो । अन्तमा सभापतिज्यूले आफ्नो नेतृत्वको कार्यकालमा स्वदेश तथा विदेशमा रहेर थकाली इतिहास अध्ययन अनुसन्धार लेखन तथा भाषा संस्कृति संरक्षण जस्तो मह्त्वपूर्णकार्यमा प्रदान गर्नु भएको सद्भाव सहकार्य र हौसलाको लागि धन्यवाद एवम् हार्दिक आभार व्यक्त गर्दै पुनः सभामा उपस्थित सबैजनालाई धन्यवाद व्यक्त गर्दै कार्य समिति पनि यसै घडीबाट बिगठन भएको घोषण गर्दै सभाको समापन गर्नु भएको थियो ।

समापन पश्चात अध्यक्षज्यूले निर्वाचन समितिका संयोजक डा. ज्योति शेरचनज्यूलाई निर्वाचन अघि बढाउनलाई माइक हस्तान्तरण गर्नु भएको थियो । अन्तमा निर्विरोधरूपमा श्री योगेन्द्र भट्टचनज्यूको नेतृत्वमा नयां कार्य समिति चयन भएको घोषणा गर्नु भएको थियो ।

निर्वाचनको प्रक्रिया अनुसार नव निर्वाचित पदाधिकारी एवम सदस्यज्यूहरू लाई निर्वाचन कमितिका संयोजक डा. ज्योति शेरचनज्यूबाट ३ वर्षे कार्यकालको सफलताको प्रमाणपत्र प्रदान गर्दै थकाली भाषामा सपथ वाचन गर्नु भएको थियो ।

अन्तमा निर्वतमान अध्यक्ष श्री नरेशकुमार तुलाचनज्यूले निर्वाचन समितिलाई निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु  भएकोमा खादाले संयोजक डा. ज्योति शेरचन , सदस्य श्री रविन्द्र गौचन र सदस्य श्री गणेश शेरचनज्यूलाई खादाले सम्मान गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *