थकाली अनुसन्धान केन्द्रको ८औं अधिवेशन सम्पन्न

थकाली अनुसन्धान केन्द्रको ८औं अधिवेशन सम्पन्न

News & Article
मिति २०८१ साल कार्तिक ३ गते  थकाली अनुसन्धान केन्द्रको ८औं अधिवेशन, थकाली सेवा समिति नेपाल, क्षेत्रीय समिति काठमाडौं क्षेत्रको सभाहलमा थकाली अनुसन्धान केन्द्रको अध्यक्ष एवम् ८औं अधिवेशनका सभापति श्री नरेशकुमार तुलाचनज्यूको सभापतित्व, र साथै प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री, एवम् पूर्व गण्डकी र  लुम्बिनी प्रदेशका प्रमुख श्रद्वेय अमिक शेरचनज्यू, विशेष अतिथिमा गण्डकी प्रदेशका सभासद माननीय बिमला गौचनज्यू र थकाली सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष श्री गजेन्द्र तुलाचनज्यू, यसै गरेर अतिथिज्यूहरूमा थसेस नेपालका निर्वतमान अध्यक्ष, अनुसन्धान केन्द्रको सल्लाहकार तथा साल्की क्हम्ब श्री सोमप्रसाद तुलाचनज्यू,पूर्व केन्द्रीय अध्यक्ष गोपाल नारायण भट्टचनज्यू, पूर्व केन्द्रीय अध्यक्ष श्री चित्रलाल शेरचनज्यू यसै गरेर पूर्व केन्द्रीय अध्यक्ष तथा थकाली अनुसन्धान केन्द्रका सल्लाहकार श्री खगेन्द्र भट्टचनज्यू, पूर्व केन्द्रीय अध्यक्ष तथा थकाली अनुसन्धान केन्द्रका सल्लाहकार श्रीमती कृष्णकुमारी शेरचनज्यू, थसेस नेपाल, काठमाडौं क्षेत्रका अध्यक्ष श्री कृष्ण गौचनज्यू काठमाडौं क्षेत्रका निरवर्तमान…
Read More
थकाली इतिहास लेखनको लागि DNA नमूना लिदै

थकाली इतिहास लेखनको लागि DNA नमूना लिदै

News & Article
काठमाडौं- मिति २०८१ असार १५ गते शनिवारको दिन थकाली अनुसन्धान केन्द्रको आयोजनामा थकाली इतिहास अध्ययन अनुसन्धान तथा लेखन कार्यको लागि (गौचन, तुलाचन, शेरचन र भट्टचन)को आनुवंशिकी DNA नमूना संकलन कार्यक्रमका विशेष अतिथि डा. टेकबहादुर गुरूङज्यू र श्रीमती अनिता गुरूङज्यू तथा प्रमुख अतिथि केन्द्रका अध्यक्ष श्री गजेन्द्र तुलाचनज्यूको प्रमुख आतिथ्यता र अनुसन्धान केन्द्रका अध्यक्ष श्री नरेशकुमार तुलाचनज्यूको सभापतित्वमा थसेस नेपाल, क्षेत्रीय समिति काठमाडौंको सभाहलमा सौहार्दपूर्ण वातावरणमा आनुवंशिक नमूना संकलन कार्य सुसम्पन्न भयो । उक्त कार्यक्रममा काठमाडौ स्थित ३७ क्ह्यूले सक्रिय पूर्वक सहभागिता जनाउनु भएको थियो । समाजशास्त्री डा. टेकबहादुर गुरूङद्वारा आफ्नो मन्तव्यको क्रममा हामी ढुङ्गे युगबाट विज्ञान र प्रविधिको युगमा प्रवेस गरेका छौं ।अब काल्पनिक र डअन्धविश्वासको युग समाप्त भएको छ । DNA धेरै विषयमा गरिन्छ तर हामीले अहिले संकलन गर्न लागेको DNA परिक्षणले मूलतः हामी कहाँ बाट आयौं ? र…
Read More
स्वागत कार्यक्रम सम्पन्न

स्वागत कार्यक्रम सम्पन्न

News & Article
मिति २०८१ वैशाख २२ गते शनिवारको दिन थकाली अनुसन्धान केन्द्रद्वारा थकाली सेवा समिति जापानका अध्यक्ष श्री बुद्धि गौचनज्यू र थकाली सेवा समिति अष्ट्रेलीयाका अध्यक्ष श्री दुर्गा गौचनद्वयलाई थकाली सेवा समिति भवन काठमाडौको सभा हलमा अध्यक्ष श्री नरेश कुमार तुलाचनज्यूले खादाद्वारा स्वागत गर्दै बुद्व मेटलको मूर्ति मायाको चिनो स्वरूप प्रदान गर्नु भएको थियो । स्वागत मन्तव्यको क्रममा अध्यक्षद्वयले थकाली अनुसन्धान केन्द्रलाई पुराउनु भएको योगदान सहयोग सद्भाव अत्यन्त प्रशसंनीय अविष्मरणीय रहेको भन्दै थकाली अनुसन्धान केन्द्र द्वारा आभार एवम् धन्यवाद व्यक्त गर्नु भएको थियो । साथै थसेस नेपाल क्षेत्रीय समिति काठमाडौलाई पनि उक्त अवसर प्रदान गर्नु भएकोमा धन्यवाद एवम् आभार व्यक्त गर्नु भएको थियो ।
Read More
आनुवंशिकीबारे जानकारीमूलक कार्यक्रम

आनुवंशिकीबारे जानकारीमूलक कार्यक्रम

News & Article
मिति २०८० फागुन १२ गते शनिवारको दिन थकाली अनुसन्धान केन्द्रद्वारा आयोजित थकाली इतिहास लेखनका लागि आनुवंशिकी (DNA)परिक्षणबारे जानकारीमूलक कार्यक्रमको प्रस्ताेता विशेष अतिथि समाजशास्त्री डा.टेकबहादुर गुरूङज्यूबाट सौहार्दपूर्ण वातावरणमा थसेस नेपाल क्षेत्रीय समिति काठमांडौकाे सभाहलमा सम्पन्न भयाे । सर्वप्रथम् कार्यक्रममा विशिष्ट अतिथि मानवशास्त्री डा.टेकबहादुर गुरूङज्यू र उहाँको धर्मपत्नि श्रीमती अनिता गुरूङद्वयलाई अध्यक्ष नरेशकुमार तुलाचनज्यूले खादाले स्वागत गर्नु भएको थियो । डा.गुरूङज्यूद्वारा आनुवंशिकीबारेकाे प्रस्तुतिकरणले कुनै पनि समुदाय वास्तवमा कुन वर्ण भित्र पर्छ ? भन्ने कुरा उक्त (DNA) आनुवंशिकी पत्ता लाग्ने कुरा जानकारी गराउनु भएकाे थियाे । कार्यक्रमका प्रमुख अतिथि थकाली सेवा समिति नेपाल केन्द्रका अध्यक्ष श्री गजेन्द्र तुलाचनज्यूले डा.टेकबहादुर गुरूङज्यूलाई आनुवंशिकीबारेकाे जानकारी गराउनु भएकोमा धन्यवाद व्यक्त गर्दै थकाली समुदायको (DNA) आनुवंशिकी परिक्षण ४० क्ह्यूबाट नै लिदाँ उपयुक्त हुने कुरा सुझाब दिनु भएको थियो । अनुसन्धान केन्द्रका अध्यक्ष श्री नरेशकुमार तुलाचनज्यूले थकाली अनुसन्धान केन्द्रकाे…
Read More
काठमाडौ २०८० माघ २० गते थकाली अनुसन्धान केन्द्रको १२औं साधरण सभा सम्पन्न ।

काठमाडौ २०८० माघ २० गते थकाली अनुसन्धान केन्द्रको १२औं साधरण सभा सम्पन्न ।

News & Article
आज माघ २० गते २०८० थकाली अनुसन्धान केन्द्रको १२औं साधरण सभा थकाली सेवा समिति नेपाल, क्षेत्रीय समिति काठमाडौंको सभा हलमा थकाली अनुसन्धान केन्द्रको अध्यक्ष एवंम् यस गरिमामय १२औं साधरण सभाका सभापति श्री नरेशकुमार तुलाचनज्यूको सभापतित्वमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो । प्रमुख अतिथि थकाली सेवा समिति नेपाल केन्द्रका अध्यक्ष श्री गजेन्द्र तुलाचन, अतिथिहरू पूर्व केन्द्रीय अध्यक्ष श्री चित्रलाल शेरचन, पूर्व केन्द्रीय अध्यक्ष एवम् अनुसन्धान केन्द्रका सल्लाहकारहरू श्री खगेन्द् भट्टचन, कृष्ण कुमारी शेरचन, श्री सोमप्रसाद तुलाचन (साल्की क्हम्व ), सल्लाहकार प्रा. डा. श्री लोकेन्द्र शेरचन, काठमाडौ क्षेत्रका अध्यक्ष श्री खगेन्द्र भट्टचन, ट्होम श्री भिमबहादुर गौचन, खन्ति मुखिया श्रीमती सुवर्ण गौचन, क्हम्बहरू मध्ये ट्हीम्चन क्हम्व श्री गुप्त शेरचन, प्हुर्की क्हम्व श्री बसन्त भट्टचन थकाली महिला परिवार केन्द्रका अध्यक्ष श्रीमती रिना भट्टचन, थकाली महिला परिवारका अध्यक्ष श्रीमती लाल कुमारी शेरचन, थकाली स्पोर्ट्स क्लवका अध्यक्ष…
Read More
थकाली संस्कृति प्हरफ्याजी प्रशिक्षण

थकाली संस्कृति प्हरफ्याजी प्रशिक्षण

News & Article
थकाली समुदायको मुख्य पहिचान थकाली भाषा, संस्कृति, सभ्यता संकटमा पर्न थालेकोमा शनिबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजि एक कार्यक्रममा चिन्ता ब्यक्त गरिएको छ । पछिल्लो समय आधुनिकतासँगै थकाली भाषा बोल्नेको संख्या घट्दै गएको र अनिवार्य गर्नुपर्ने कार्यहरुमा समेत चासो कम हुदै गएको बताइएको थियो । थकाली सेवा समाज नेपाल र थकाली अनुसन्धान केन्द्रको मुख्य आयोजनामा सुरू भएको १५ दिने थकाली जातिको खिमीच्हुव तथा तोरन्ल क्होई प्रशिक्षण कार्यक्रमको उद्घाटन गदैं गण्डकी प्रदेशसभाकी सांसद विमला गौचनले परम्परा, रितिरिवाज, धर्म, संस्कृति, भाषा र विविधता जोगाउनपर्ने समय आएको बताउनुभयो । उहाँले थकाली जातिले जन्मदेखि मृत्युसम्मका परम्परागत संस्कृतिको जर्गेनामा यूवापुस्ताको सक्रियता र नेतृत्व आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा पूर्वराज्यमन्त्री भिमप्रसाद गौचनले हरेक थकालीले आफ्ना धर्म, संस्कृति, भाषालाई अनिवार्य प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो । प्रशिक्षण कार्यक्रममा थकाली अनुसन्धान केन्द्रका उपाध्यक्ष एवम् तालिमका प्रशिक्षक गोेन्द्रमान भट्टचन, अध्यक्ष नरेश…
Read More
प्रा‍‌ . ज्याेती भट्टचन थकाली इतिहास लेखनमा अनुवन्धित

प्रा‍‌ . ज्याेती भट्टचन थकाली इतिहास लेखनमा अनुवन्धित

News & Article
काठमाडौ -२०८० भाद्र २७ गते बुधवारको दिन थकाली अनुसन्धान केन्द्रको विशेष वैठक अध्यक्ष श्री नरेशकुमार तुलाचनज्यूको अध्यक्षता थसेस नेपाल केन्द्रको बैठक हल बिनायकबस्ती बालाजुमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो । सो बैठकले थकाली जातिको इतिहास लेखन कार्य सम्पन्न गर्नका लागि पोखरा नदिपुर निवासी विदुषी थकाली संस्कृति इतिहास ज्ञाता प्राध्यापक ज्योती(खुनरा)भट्टचनज्यूलाई आग्रह भए अनुसार उहाँबाट इतिहास लेखनीको प्रस्ताव यहि मिति २०८० भाद्र ५ गते प्राप्त भएको थियो । वैठकले प्राप्त प्रस्ताव उपर छलफल गरि प्राध्यापक ज्योती भट्टचनलाई सर्वसम्मतले थकाली इतिहास लेखनका लागि अनुवन्धित हुनु भएकाे छ । समितिले दुईवर्ष भित्र इतिहास लेखन सम्पन्न गरी थकाली अनुसन्धान केन्द्रलाई बुझाउने शर्तनामा सम्झौतापत्र तयार पारी सदस्य सचिव शुशिला शेरचनले बैठकमा पढेर सुनाउनु भएको थियो । उक्त समझौतापत्र बमोजिम शर्तनामा पालना गर्ने प्रतिवद्धता व्यक्त गर्दै दुबैपक्षबाट हस्ताक्षर गरिएको थियो । शुभकामना मनतव्य व्यक्त गर्नेक्रममा थकाली समुदायको…
Read More
स्वागत तथा भेटघाट कार्यक्रम

स्वागत तथा भेटघाट कार्यक्रम

News & Article
काठमाडौं-२०८० साउन २६ गते थसेस जापानका पूर्व अध्यक्ष तथा हाल संरक्षक श्री सरदकुमार गौचनज्यूको नेपाल निजी भ्रमणको क्रममा थकाली सेवा समिति नेपाल, क्षेत्रीय समिति काठमाडौंद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा स्थवागत तथा भेटघाट कार्यक्रमको अवसरमा क्षेत्रीय समिति काठमाडौका उपाध्यक्ष इ.श्री रामकृष्ण शेरचनज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो भने शुभकामना मन्तव्यको क्रममा थकाली अनुसन्धान केन्द्रका अध्यक्ष श्री नरेशकुमार तुलाचनज्यू श्री सरदकुमार गौचनज्यूको जापानमा स्थापनाकाल देखि प्रशंसनीय योगदान रहँदै आएको एक मिलनसारी इमान्दारी व्यक्तित्वलाई यस घडीमा स्वागत तथा भेटघाट गर्न अवसर पाएकोमा अत्यन्त ख़ुशी लागिरहेको व्यक्त गर्नु भएको थियो भने यो अवसरको आयोजक थसेस नेपाल क्षेत्रीय समिति काठमाडौलाई पनि आभार व्यक्त गर्नु भएको थियो । साथसाथै थसेस जापानबाट स्थापनाकालदेखी थकाली अनुसन्धान केन्द्रलाई निरन्तर आर्थिक सहयोग गर्दै आउनु भएकोमा हार्दिक धन्यवाद एवम् कृतज्ञता व्यक्त गर्नु भएको थियो । मन्तव्यको क्रममा थसेस नेपाल केन्द्रीय…
Read More
बौद्ध जयन्ती सम्पन्न

बौद्ध जयन्ती सम्पन्न

News & Article
थकाली सेवा समिति नेपाल केन्द्र, थकाली अनुसन्धान केन्द्र, थकाली सेवा समिति काठमाडौ क्षेत्र र शान्ति बौद्ध समाज बिनायकबस्ती बालाजुको संयुक्त आयोजना र प्रायोजकः श्री नहकुल शेरचन, श्रीमती पुष्पा शेरचन तथा Alice family ले २०८० बैशाख २३ गते शनिवारको दिन Alice Receptions गैरीधारी, बालुवाटार काठमाडौमा खेम्पो रिम्पोक्षे श्री किरणध्वज तुलाचनज्यूद्वारा बौद्ध जयन्तीको अवसरमा बुद्धको दर्शन धर्मदेशना भव्यरूपमा सम्पन्न भएको थियो । उक्त अवसरमा विशेष गरेर थकाली समुदायको बाक्लो उपस्थिति थियो ।          
Read More