Skip to main content

Thakali Research Centre

थकाली संस्कृति प्हरफ्याजी प्रशिक्षण

थकाली समुदायको मुख्य पहिचान थकाली भाषा, संस्कृति, सभ्यता संकटमा पर्न थालेकोमा शनिबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजि एक कार्यक्रममा चिन्ता ब्यक्त गरिएको छ । पछिल्लो समय आधुनिकतासँगै थकाली भाषा बोल्नेको संख्या घट्दै गएको र अनिवार्य गर्नुपर्ने कार्यहरुमा समेत चासो कम हुदै गएको बताइएको थियो ।

थकाली सेवा समाज नेपाल र थकाली अनुसन्धान केन्द्रको मुख्य आयोजनामा सुरू भएको १५ दिने थकाली जातिको खिमीच्हुव तथा तोरन्ल क्होई प्रशिक्षण कार्यक्रमको उद्घाटन गदैं गण्डकी प्रदेशसभाकी सांसद विमला गौचनले परम्परा, रितिरिवाज, धर्म, संस्कृति, भाषा र विविधता जोगाउनपर्ने समय आएको बताउनुभयो ।

उहाँले थकाली जातिले जन्मदेखि मृत्युसम्मका परम्परागत संस्कृतिको जर्गेनामा यूवापुस्ताको सक्रियता र नेतृत्व आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा पूर्वराज्यमन्त्री भिमप्रसाद गौचनले हरेक थकालीले आफ्ना धर्म, संस्कृति, भाषालाई अनिवार्य प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा थकाली अनुसन्धान केन्द्रका उपाध्यक्ष एवम् तालिमका प्रशिक्षक गोेन्द्रमान भट्टचन, अध्यक्ष नरेश कुमार तुलाचनले थकाली समुदायको उत्थान र विकासमा भाषा र संस्कृतिको संरक्षण गर्न थकाली समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

प्रशिक्षण कार्यक्रमको अध्यक्षता थकाली सेवा समाज नेपालका अध्यक्ष गजेन्द्र तुलाचन, स्वागत केन्द्रिय सदस्य शंकर शेरचन, थकाली सेवा समाज वेनीका उपाध्यक्ष सुन्दरमान शेरचनले मन्तब्य र सञ्चालन थकाली अनुसन्धान केन्द्रकी सचिव शुसिला शेरचनले गर्नुभएको थियो ।

तालिमको अवसरमा अनुसन्धान केन्द्रबाट प्रकाशित थकाली जातिको खिमीच्हुव तथा तोरन्ल क्होई पुस्तक समेत विमोचन गरिएको थियो ।

थकाली जातिमा छोप्ने विवाह, मागी विवाह, प्रेम विवाह गरेपनि खिमीच्हुव गरेमात्र विवाहले मान्यता प्राप्त हुने थकाली यूवा नेपालका सचिव दिलिप गौचनले बताउनुभयो । १५ दिनसम्म थकाली जातिको संस्कार, खिमीच्हुव तथा तोरन्ल क्होईमा केन्द्रित भएर तालिम दिइने थकाली सेवा समाज नेपालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *