काठमाडौं- मिति २०८१ असार १५ गते शनिवारको दिन थकाली अनुसन्धान केन्द्रको आयोजनामा थकाली इतिहास अध्ययन अनुसन्धान तथा लेखन कार्यको लागि (गौचन, तुलाचन, शेरचन र भट्टचन)को आनुवंशिकी DNA नमूना संकलन कार्यक्रमका विशेष अतिथि डा. टेकबहादुर गुरूङज्यू र श्रीमती अनिता गुरूङज्यू तथा प्रमुख अतिथि केन्द्रका अध्यक्ष श्री गजेन्द्र तुलाचनज्यूको प्रमुख आतिथ्यता र अनुसन्धान केन्द्रका अध्यक्ष श्री नरेशकुमार तुलाचनज्यूको सभापतित्वमा थसेस नेपाल, क्षेत्रीय समिति काठमाडौंको सभाहलमा सौहार्दपूर्ण वातावरणमा आनुवंशिक नमूना संकलन कार्य सुसम्पन्न भयो । उक्त कार्यक्रममा काठमाडौ स्थित ३७ क्ह्यूले सक्रिय पूर्वक सहभागिता जनाउनु भएको थियो । समाजशास्त्री डा. टेकबहादुर गुरूङद्वारा आफ्नो मन्तव्यको क्रममा हामी ढुङ्गे युगबाट विज्ञान र प्रविधिको युगमा प्रवेस गरेका छौं ।अब काल्पनिक र डअन्धविश्वासको युग समाप्त भएको छ । DNA धेरै विषयमा गरिन्छ तर हामीले अहिले संकलन गर्न लागेको DNA परिक्षणले मूलतः हामी कहाँ बाट आयौं ? र हामी को हौं ? भन्ने आनुवंशिकी वैज्ञानिक आधारमा पुष्टि गर्दछ । अतः कुनै पनि समुदायको इतिहास अध्ययन अनुसन्धान तथा लेखन कार्यको लागि यो (DNA ) आनुवंशिकी परिक्षण अत्यन्त महत्वपूर्ण सावित भएको छ । यो थकाली समुदायको लागि पनि इतिहास लेखन कार्यको लागि एक ऐतिहासिक कार्य हो भन्दा फरक नपर्ला भन्दै आफ्नो भनाई राख्नु भएको थियो ।कार्यक्रमको शुभारम्भमा स. सचिव सुश्री सुशिला शेरचनज्यूले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । थकाली समुदायको इतिहास अध्ययन अनुसन्धान तथा लेखन कार्यमा विज्ञ डा. टेकबहादुर गुरूङज्यू र श्रीमती अनिता गुरूङद्वयको योगदान अत्यन्त प्रशंसनीय र अविस्मरणीय रहने अध्यक्ष नरेशकुमार तुलाचनले व्यक्त गर्दै हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्नु भएको थियो । थकाली स्वास्थ्य कर्मी परिवारका अध्यक्ष श्री विश्व शेरचनज्यूले स्वाव संकलन कार्यलाई प्रभावकारी ढंगले सहयोग पुर्याउनु भएकोमा थकाली साथै सम्पूर्ण क्ह्यूका प्रतिनिधिज्यूहरूलाई पनि यस ऐतिहासिक कार्यमा सहभागिता जनाउनु भएकोमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।















=”alignnone size-large wp-image-2648″ />







