Thakali Research Centre

Objective

उद्देश्य
(क)  थकाली जातिको इतिहास, संस्कृति, भाषा, सामाजिक प्रणाली,आर्थिक हित विशेषता, शैक्षिक स्थिति, जनसंख्या, स्वास्थ्य र आनुवंशिकी आदि क्षेत्रसंग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्वन्धित विषय र सवालहरूमा वैज्ञानिक अध्ययन, सर्वेक्षण र अनुसन्धान गर्ने गराउने र ज्ञानको अभिवृद्धि गर्नमा समर्पित रहने ।
(ख) केन्द्रको उद्देश्यअनुसार अध्ययन-अनुसन्धानका विषय र सवालहरूको महत्व र प्राथमिकता तोक्ने र थकाली, स्वदेशी तथा विदेशी अनुसन्धाताहरूलाई अनुसन्धान कार्यमा सहयोग पुर्याउने र समन्वय गर्ने ।
(ग) थकाली जातिद्वारा परम्परागत रूपमा प्रयोगमा ल्याइएका विशिष्ट र अनुपम मौलिक ज्ञान र प्रविधिको अध्ययन-अनुसन्धान गरी तिनको संरक्षण गर्ने र वौद्धिक स्वामित्व अधिकारका दृष्टिलेसमेत पहिचान गर्ने ।
(घ) केन्द्रका उद्देश्य अनुरूप अध्ययन-अनुसन्धान र प्रकाशनका निम्ति सहयोगी र उपयोगी हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका भातृ संस्था वा व्यक्तिहरूसंग  सम्पर्क र सहयोग बढाउने ।
 (ङ) थकाली जातिसंग संवन्धित कृति, अनुसन्धान प्रतिवेदन र आमसंचारका माध्यमबाट प्रचार र प्रसार हुने लेख, रचना, सूचना आदिको अनुसन्धान गर्ने र अभिलेख राख्ने । उपयुक्त सामाग्रीको प्रचार र प्रसार गर्ने ।
(च )  उपरोक्त उद्देश्य प्राप्त गर्न आवश्यक सबै कार्यहरू गर्ने ।