काठमाडौं-२०८० साउन २६ गते थसेस जापानका पूर्व अध्यक्ष तथा हाल संरक्षक श्री सरदकुमार गौचनज्यूको नेपाल निजी भ्रमणको क्रममा थकाली सेवा समिति नेपाल, क्षेत्रीय समिति काठमाडौंद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा स्थवागत तथा भेटघाट कार्यक्रमको अवसरमा क्षेत्रीय समिति काठमाडौका उपाध्यक्ष इ.श्री रामकृष्ण शेरचनज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो भने शुभकामना मन्तव्यको क्रममा थकाली अनुसन्धान केन्द्रका अध्यक्ष श्री नरेशकुमार तुलाचनज्यू श्री सरदकुमार गौचनज्यूको जापानमा स्थापनाकाल देखि प्रशंसनीय योगदान रहँदै आएको एक मिलनसारी इमान्दारी व्यक्तित्वलाई यस घडीमा स्वागत तथा भेटघाट गर्न अवसर पाएकोमा अत्यन्त ख़ुशी लागिरहेको व्यक्त गर्नु भएको थियो भने यो अवसरको आयोजक थसेस नेपाल क्षेत्रीय समिति काठमाडौलाई पनि आभार व्यक्त गर्नु भएको थियो । साथसाथै थसेस जापानबाट स्थापनाकालदेखी थकाली अनुसन्धान केन्द्रलाई निरन्तर आर्थिक सहयोग गर्दै आउनु भएकोमा हार्दिक धन्यवाद एवम् कृतज्ञता व्यक्त गर्नु भएको थियो । मन्तव्यको क्रममा थसेस नेपाल केन्द्रीय अध्यक्ष श्री गजेन्द्र तुलाचनज्यूले पनि थसेस जापानले थकाली समुदायको हकहितको लागि सदा थसेस जापानको भूमिका अनुकरणीय रहेकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो । अन्तमा यस कार्यक्रमका सभापति एवम् अध्यक्ष श्री खगेन्द्र भट्टचनज्यूले थसेस जापानले काठमाडौमा निर्माणाधीन भवनको लागि पुर्याउनु भएको योगदान उत्कृष्ट र अतुलनीय रहेको कुरा व्यक्त गर्दै खादाद्वारा स्वागत गर्नु गर्दै कार्यक्रम समापन गर्नु भएको थियो । कार्यक्रम संचालन सहसचिव श्री फारामचन शेरचनज्यूले गर्नु भएको कार्यक्रमको अन्तमा थकाली महिलापरिवारद्वारा खाजापानी तयारी गरिएको थियो । होर्छे 🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷


