थकाली अनुसन्धान केन्द्रको ११औं वार्षिक साधरण सभा सम्पन्न
थकाली अनुसन्धान केन्द्रको ११औं वार्षिक साधरण सभा सम्पन्न । काठमाडौं -यहि २०७९ साल असोज १४ गते शुक्रवार थकाली सेवा समिति नेपाल, क्षेत्रीय समिति काठमाडौंको सभाहलमा थकाली अनुसन्धान केन्द्रको ११औं वार्षिक साधरण सभा अध्यक्ष श्री नरेश कुमार तुलाचनज्यूको सभापतित्व मा विधिवत सम्पन्न भयो ।उक्त उद्घाटन समारोहको प्रमुख अतिथि एवम् थकाली सेवा समिति नेपाल केन्द्रीय अध्यक्ष श्री गजेन्द्र तुलाचनज्यूद्वारा विधिवत अंकुमा दीप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष श्री योगेन्द्रमान भट्टचनज्यूद्वारा वार्षिक साधरण सभाको उद्घाटन समारोहमा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने उक्त कार्यक्रमको उद्घोषण सहसचिव श्री छन बहादुर भट्टचनज्यूले गर्नु भएको थियो ।उद्घाटन समारोहको शुभ कामना मन्तव्य दिने क्रममा वक्ताहरू शेरचन क्हम्प श्री गुप्त शेरचन, भट्टचन क्हम्प श्री बसन्त भट्टचन, ट्होम् श्री भीम बहादुर गौचन, थकाली महिला परिवार केन्द्र अध्यक्ष श्रीमती रिना भट्टचन, थसेस नेपाल, क्षेत्रीय समिति काठमाडौका अध्यक्ष श्री खगेन्द्र भट्टचन, थकाली अनुसन्धान केन्द्रका सल्लाहकार डा. ज्योति शेरचन, पूर्व केन्द्रीयअध्यक्ष श्री चित्रलाल शेरचन,…