मिति २०७९ भाद्र ३ गते थकाली सेवा समिति नेपाल, क्षेत्रीय समिति काठमांडौको ३३औं वार्षिक साधरण सभाको अवसरमा थकाली वेलफ़ेयर सोसाइटी युकेबाट थकाली अनुसन्धान केन्द्रको थकाली इतिहास अध्ययन अनुसन्धान तथा लेखन परियोजना प्रस्तावना बमोजिम थकाली वेलफ़ेयर सोसाइटी युकेद्वारा आर्थिक सहयोग नगद रू २,३८,१२०/- अ़क्षरेपी (दुइ लाख अरतिस हज़ार एक सय बिस) युकेका सल्लाहकार श्री टंक तुलाचनज्यूको हस्तेबाट अनुसन्धान केन्द्रका अध्यक्ष श्री नरेश कुमार तुलाचनज्यूलाई विधिवत हस्तान्तरण गर्नु भएको थियो । विदेशमा रहेर पनि थकाली समुदायको इतिहास अध्ययन अनुसन्धान तथा लेखन जस्तो ऐतिहासिक कार्यका लागि पुर्याउनु भएको सद्भाव सहयोग सहकार्यको लागि उच्च मुल्याङ्कण गर्दै हार्दिक धन्यवाद एवम कृतज्ञता व्यक्त गर्दछ । अन्तमा थकाली वेलफ़ेयर सोसाइटी युकेको उत्तरोत्तर प्रगति एवम् सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
