मिति २०७९ माघ २९ गते थसेस भवन काठमाडौमा प्हुर्की प्ह्या छवाङम्हिर्की क्ह्यू परिवारद्वारा आयोजित दीक्षान्त समारोह कार्यक्रममा ट्होम् श्री योगेश भट्टचनलाई ट्होम गुरूहरूद्वारा दीक्षित गरिएको थियो, उक्त कार्यक्रममा थकाली अनुसन्धान केन्द्रलाई पनि अतिथिको रूपमा आमन्त्रित गरिएको थियो । प्हुर्की प्ह्या भट्टचन परिवारबाट थकाली समुदाय बिच एकजना नव ट्होम् उत्पादन गर्नु भएकोमा एउटा कोसेढुङ्गा साबित भएको छ । यस अवसरमा थकाली अनुसन्धान केन्द्रद्वारा छवाङम्हिर्की परिवार,लगायत गुरूहरूलाई र नव ट्होम् श्री योगेश भट्टचनज्यूलाई अध्यक्ष श्री नरेशकुमार तुलाचनद्वारा धन्यवाद एवम् शुभकामना व्यक्त गरिएको थियो । साथै नव ट्होम् श्रीमान श्रीमती (ट्होम ट्होमस्या) र गुरूहरूलाई फेटाटुटुम (फेंटा खास्तो) र खादाले सम्मान गरिएको थियो । साथै नव ट्होमलाई हौसला स्वरूप रू १०,००५/- (अक्षरेपी दंश हज़ार पाँच ) रुपैया सहयोग प्रदान गरिएको थियो ।
