Skip to main content

Thakali Research Centre

थकाली अनुसन्धान केन्द्रको ११औं वार्षिक साधरण सभा सम्पन्न

थकाली अनुसन्धान केन्द्रको ११औं वार्षिक साधरण सभा सम्पन्न

काठमाडौंयहि २०७९ साल असोज १४ गते शुक्रवार थकाली सेवा समिति  नेपाल, क्षेत्रीय समिति काठमाडौंको सभाहलमा  थकाली अनुसन्धान केन्द्रको ११औं वार्षिक साधरण सभा अध्यक्ष श्री नरेश कुमार  तुलाचनज्यूको सभापतित्व मा विधिवत सम्पन्न भयो ।उक्त उद्घाटन समारोहको प्रमुख अतिथि एवम् थकाली सेवा समिति नेपाल केन्द्रीय अध्यक्ष  श्री गजेन्द्र तुलाचनज्यूद्वारा विधिवत अंकुमा दीप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गर्नु भएको थियो संस्थाका उपाध्यक्ष श्री योगेन्द्रमान भट्टचनज्यूद्वारा वार्षिक साधरण सभाको उद्घाटन समारोहमा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने उक्त कार्यक्रमको उद्घोषण सहसचिव श्री छन बहादुर भट्टचनज्यूले  गर्नु भएको थियो ।उद्घाटन समारोहको शुभ कामना मन्तव्य दिने क्रममा वक्ताहरू शेरचन क्हम्प श्री गुप्त शेरचन,  भट्टचन क्हम्प श्री  बसन्त भट्टचन, ट्होम् श्री भीम बहादुर गौचन, थकाली महिला परिवार केन्द्र अध्यक्ष श्रीमती रिना भट्टचन, थसेस नेपाल, क्षेत्रीय समिति काठमाडौका अध्यक्ष श्री खगेन्द्र भट्टचन, थकाली अनुसन्धान केन्द्रका सल्लाहकार डा. ज्योति शेरचन, पूर्व केन्द्रीयअध्यक्ष श्री चित्रलाल शेरचन, पूर्व केन्द्रीय अध्यक्ष श्री गोपालनारायण भट्टचन प्रमुख अतिथि श्री गजेन्द्र तुलाचनज्यूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो उक्त कार्यक्रममा अति व्यस्तताको वावजुद पनि सहभागि  प्रमुख अतिथि , अतिथि लगायत सम्पूर्ण पार्षदहरूलाई धन्यवाद व्यक्त  गर्दै अध्यक्ष नरेशकुमार तुलाचनज्यूद्वारा धन्यवाद व्यक्त गर्दै उद्घाटनसत्र समापन गर्नु  भएको थियो

तत्पश्चात लगतै बन्दसत्र कार्यक्रममा थकाली अनुसन्धान केन्द्रको .. ०७८/०७९ को सहसचिव श्री छनबहादुर भट्टचनज्यूले . सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्ष  श्री दिल प्रसाद शेरचनज्यूले आर्थिक प्रतिवेदन वाचन गर्नु भएको थियो तत्पश्चात् फलोर ओपन गरिएको थियो अन्तमा सर्वसम्मतले दुवै प्रतिवेदन उपर केही छलफल भई अनुमोदन गरिएको थियो अनुमोदन पश्चात थकाली अनुसन्धान केन्द्रको परियोजना प्रस्तावना बमोजिम स्वदेश तथा विदेशबाट आर्थिक सहयोग दिनु हुने  सम्पूर्ण चन्दादाताहरूलाई अध्यक्ष तुलाचनज्यूबाट विशेष धन्यवाद एवं आभार व्यक्त गर्दै कार्यक्रम समापन भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *