मिति २०७९ श्रावण २९ गते थकाली सेवा समिति,काठमांडौं क्षेत्रका अध्यक्ष श्री खगेन्द्र भट्टचनज्यूको हस्तेबाट थकाली इतिहास अध्ययन अनुसन्धान तथा लेखन कार्यको लागि अध्यक्ष नरेशकुमार तुलाचनज्यूलाई रू ३,०१०००/-अक्षरेपी तीनलाख एकहजार रूपैया चेक हस्तान्तरण गर्नु भएको छ । थकाली अनुसन्धान केन्द्रद्वारा क्षेत्रीय समिति काठमाडौंको सहयोग सद्भाव सहकार्य हौसलाको लागि हार्दिक धन्यवाद एवम् कृतज्ञता व्यक्त गर्दछ । अन्तमा थकाली सेवा समिति नेपाल क्षेत्रीय समिति काठमाडौको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
