Skip to main content

Thakali Research Centre

थकाली अनुसन्धान केन्द्रको ७ ‌औ‍ अधिवेशन सम्पन्न

काठमांडौ- २०७७ साल चैत्र १० गते ,थसेस नेपाल, क्षेत्रीय समिति काठमांडौको भवनमा, थकाली अनुसन्धान केन्द्रको ७औं अधिवेशन विधिवत रूपमा सम्पन्न भई उक्त अधिवेशनले श्री नरेशकुमार तुलाचनको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसमा उपाध्यक्षमा श्री योगेन्द्रमान भट्टचन, सदस्य सचिवमा श्री शुसिला शेरचन, कोषाध्यक्षमा श्री दिलप्रसाद शेरचन, सह- सचिवमा श्री छनबहादुर भट्टचन, सह- कोषाध्यक्षमा श्री शंकर गौचन, यसैगरी सदस्यमा श्री पूर्णप्रसाद तुलाचन, आचार्य श्री पेरिक गौचन, ट्होम श्री नवीन शेरचन, अधिवक्ता श्री बालकृष्ण भट्टचन र श्री नपेन्द्र भट्टचन निर्वाचित हुनु भएको थियो ।

यसैगरी मिति २०७८ वैशाख ५ गते निवर्तमान कार्य समितिका अध्यक्ष इ. श्री तेज प्रसाद गौचनज्यूद्वारा नव निर्वाचित अध्यक्ष नरेशकुमार तुलाचनज्यूलाई थकाली अनुसन्धान केन्द्रको महत्वपूर्ण दस्तावेजहरू विधिवत रूपमा हस्तान्तरण कार्य सुसम्पन्न भएको कुरा जानकारी गराउँदै उक्त दिनमा अध्यक्ष श्री नरेशकुमार तुलाचनज्यूको अध्यक्षता बसेको पहिलो वैठकले विधान अनुसार पदेन संरक्षकमा केन्द्रीय अध्यक्ष श्री सोमप्रसाद तुलाचनज्यू र सल्लाहकारमा निवर्तमान अध्यक्ष इ. श्री तेजप्रसाद गौचन, यसैगरी पूर्व केन्द्रीय अध्यक्ष श्री खगेन्द्र भट्टचन, निवर्तमान केन्द्रीय अध्यक्ष श्रीमती कृष्ण कुमारी शेरचन , प्राज्ञ व्यक्तित्वहरूबाट प्रो. श्री सोमप्रसाद गौचन, डा. श्री ज्योति शेरचन, श्री गजेन्द्र तुलाचनज्यू र श्री प्रान्ती शेरचनज्यूलाई सल्लाहकारमा मनोनयन गरिएको कुरा अवगत गर्नुभएको थियो ।

 

 

 

 

 

+31

 

 

 

11You, Balkrisha Raj Bhattachan, Anu Urmila Sherchan and 8 others

2 Comments

1 Share

Like

Comment

Share

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *