Skip to main content

Thakali Research Centre

काठमाडौ २०८० माघ २० गते थकाली अनुसन्धान केन्द्रको १२औं साधरण सभा सम्पन्न ।

आज माघ २० गते २०८० थकाली अनुसन्धान केन्द्रको १२औं साधरण सभा थकाली सेवा समिति नेपाल, क्षेत्रीय समिति काठमाडौंको सभा हलमा थकाली अनुसन्धान केन्द्रको अध्यक्ष एवंम् यस गरिमामय १२औं साधरण सभाका सभापति श्री नरेशकुमार तुलाचनज्यूको सभापतित्वमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो । प्रमुख अतिथि थकाली सेवा समिति नेपाल केन्द्रका अध्यक्ष श्री गजेन्द्र तुलाचन, अतिथिहरू पूर्व केन्द्रीय अध्यक्ष श्री चित्रलाल शेरचन, पूर्व केन्द्रीय अध्यक्ष एवम् अनुसन्धान केन्द्रका सल्लाहकारहरू श्री खगेन्द् भट्टचन, कृष्ण कुमारी शेरचन, श्री सोमप्रसाद तुलाचन (साल्की क्हम्व ), सल्लाहकार प्रा. डा. श्री लोकेन्द्र शेरचन, काठमाडौ क्षेत्रका अध्यक्ष श्री खगेन्द्र भट्टचन, ट्होम श्री भिमबहादुर गौचन, खन्ति मुखिया श्रीमती सुवर्ण गौचन, क्हम्बहरू मध्ये ट्हीम्चन क्हम्व श्री गुप्त शेरचन, प्हुर्की क्हम्व श्री बसन्त भट्टचन थकाली महिला परिवार केन्द्रका अध्यक्ष श्रीमती रिना भट्टचन, थकाली महिला परिवारका अध्यक्ष श्रीमती लाल कुमारी शेरचन, थकाली स्पोर्ट्स क्लवका अध्यक्ष श्री कृष्ण शेरचन, नेपाल जापान सम्पर्क समितिका अध्यक्ष श्रीमती सिता शेरचन, युवा परिवारका अध्यक्ष बिजय शेरचन र थसेस जापानका पूर्व अध्यक्ष श्री ध्रुव भट्टचन ले अतिथिको आसनग्रहण गर्नु भएको उक्त कार्यक्रमको उद्घोषण स. सचिव शुश्री शुशिला शेरचनले गर्नु भएको थियो । प्रमुख आतिथ्यता ग्रहण गर्नु भएका थकाली सेवा समिति नेपाल (केन्द्र)का अध्यक्ष श्री गजेन्द्र तुलाचनज्यूले अंकुमा दीप प्रज्वलन गर्दै र चार आराध्य देवदेवी र महागुरू नरिच्ह्योवको फोटोमा खादा र पुष्पाञ्जली अर्पण गरि विधिवत सभा उद्घाटन गर्नु भएको थियो । राष्ट्रीय धुनबाट प्राराम्भ भएको उक्त १२औं साधारण सभालाई अनुसन्धान केन्द्रका उपाध्यक्ष श्री योगेन्द्रमान भट्टचनज्यूले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । साथै यो आर्थिक वर्ष भित्र दिवंगत थकाली परिवारहरूको आत्माले चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धाराणा गरिएको थियो ।भने शुभ कामना प्रकट गर्नेक्रममा ट्हीम्चन क्हम्ब श्री गुप्त शेरचन, थकाली सेवा समिति नेपाल, क्षेत्रीय समिति काठमाडौका अध्यक्ष श्री खगेन्द्र भट्टचन, पूर्व केन्द्रीय अध्यक्ष एवम् यस संस्थाका सल्लाहकार श्रीमती कृष्णकुमारी शेरचन, यसैगरी केन्द्रका पूर्व अध्यक्ष एवम् थकाली अनुसन्धान केन्द्रका सल्लाहकार श्री खगेन्द्र भट्टचन,प्रमुख अतिथि श्री गजेन्द्र तुलाचनज्यूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
यसैक्रममा स. सचिव शुशिला शेरचनले आर्थिक वर्ष २०७९।०८०को सचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रगति प्रतिवेदन सह-कोषाध्यक्ष श्री शंकर गौचन र अनुसन्धानको इतिहास लेखन तर्फको प्रगति प्रतिवेदन सह -सचिव श्री छनबहादुर भट्टचनले पढेर सुनाउनु भएको थियो । उक्त सबै प्रतिवेदनहरू सभामा उपस्थित पार्षदगणहरूद्वारा सहर्ष ताली बजाएर अनुमोदन गर्नु भएको थियो ।
अन्तमा सभाका सभापति श्री नरेशकुमार तुलाचनज्यूले थकाली अनुसन्धान केन्द्रले जे जति महत्वपूर्ण उपलब्धिहरू प्राप्त भएको छ ती सबै नेपालमा र विदेशमा रहेका थकाली सेवा समिति नेपाल, केन्द्रदेखि क्षेत्रहरूको र थकाली संस्कृति प्रेमी बुद्धिजीवी महानुभावहरूकै प्रशंसनीय सहकार्य, सद्भाव सहयोगले नै सम्भव भएको हो । यसकारणले सम्पूर्ण सहयोगी हातहरूलाई थकाली अनुसन्धान केन्द्र को तर्फबाट सबैमा हार्दिक धन्यवाद एवम् कृतज्ञता व्यक्त गर्नु भएको थियो ।
अब थकाली इतिहास लेखनमा धेरै विलम्व भईसकेको हुनाले अब आफ्नो मौलिक पहिचान अस्तित्व र अस्मितालाई अक्षुण्य राख्नका लागि “कुरा थोरै काम धेरै” गर्ने बेला आएको कुरा व्यक्त गर्नु भएको थियो ।
थकाली अनुसन्धान केन्द्रको विधानमा उल्लेखित उद्देश्य अनुरूप थकाली जातिको इतिहास, संस्कृति,भाषा,सामाजिक प्रणाली, आर्थिक हित र विशेषता, शैक्षिक स्थित, स्वास्थ्य र आनुवंशिकी आदि क्षेत्रसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित विषय र सवालहरूमा वैज्ञानिक अघ्ययन, सर्वेक्षण र गर्ने गराउने र ज्ञानको अभिवृद्धि गर्ने गराउने लक्ष अनुसार थाक सातसय थकाली (च्योकी, साल्की, ट्हीम्चन र प्हुर्की )चार प्ह्याको ४० क्ह्यूबाट वैज्ञानिक आधार (DNA) आनुवंशिकी अध्ययन अनुसन्धान गर्नका लागि थकाली अनुसन्धानले अगाडि कदम चलाई रहेको अवस्थामा यस कार्यको लागि सबै क्ह्यूहरूबाट सक्दो सहकार्य र सहयोगको लागि आग्रह गर्नु भएको थियो । कारण वर्तमान २१औं शताब्दी भनेको विज्ञान र प्रविधिको युग भएकोले इतिहासलाई विज्ञान र प्रविधिले पनि पुष्टि भए मात्र सर्व मान्यता प्राप्त हुनेछ । भन्य अभिव्यक्ति दिदै अत्यन्त व्यस्तताको बावजूद पनि थकाली अनुसन्धान केन्द्रद्वारा आयोजित निमन्त्रणामा यो गरिमामय १२ औं साधरण सभामा सहभागी सम्पूर्ण पार्षद एवम् महानुभावज्यूहरूलाई धन्यवाद व्यक्त गर्दै सभा समापन गर्नु भएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *