आदरणीय महानुभावहरू,
थकाली अनुसन्धान केन्द्रको यो होमपेजमा हार्दिक स्वागत एवम् न्यानो अभिवादन् ।
सर्वप्रथम त कोभिड-१९को महामारीले अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण हाम्रा थकाली अग्रज मान्यजन तथा दाज्यूभाई दिदीबहिनीहरूमा श्रदासुमन अर्पण गर्न चाहन्छु । साथै विश्वभरी स्थायी वा अस्थायीरूपमा बसोबास गर्नुहुने सम्पूर्ण दाज्यूभाई दिदीबहिनीहरूको सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्न चाहन्छु ।
थकाली अनुसन्धान केन्द्र, थकाली जातिको इतिहास आनुवंशिकी तथा संस्कृति आदि क्षेत्रसंग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित बिषय र सवालहरूमा वैज्ञानिक अध्ययन, सर्वेक्षण र अनुसन्धान गर्ने उद्देश्यले वि. स. २०६० भाद्र १९ गते विधिवत जिल्ला प्रशासन कार्यालय काठमांडौमा दर्ता भएको सेवामूलक संस्था हो । स्थापनाकाल देखि नै यस संस्थाले प्रत्यक्ष अप्रत्यक्षरूपमा थकाली समुदायको इतिहासबारे अध्ययन अनुसन्धान अन्वेषण गर्दै आईरहेको छ । यस संस्थाको हक हित र शसक्तिकरणका लागि मिति २०७७ चैत १० गते नव निर्वाचित कार्यसमितिको पहिलो वैठकमा संस्थाको हालसम्मका कार्य प्रगति समिक्षा गर्दै अवको कार्यक्रममध्ये आर्थिकपक्षलाई उच्च प्राथमिक्ता दिएका छौं । किनभने यस संस्थाले लामो समयको अन्तरकालमा सम्म पनि आर्थिक दृष्टिले आत्मनिर्भर हुने कुनै आर्थिक पाइलो नचाल्दा संस्थागत लक्ष्य उद्देश्यहरू ओझेलमा परेको सत्यतथ्यलाई आत्मसात गर्दै, अर्थ बिनाको परिकल्पना निर्थक हुने महशुस गरी लक्षित चुनौतिहरूलाई सामना गर्न यो समितिले अठोट गरेका छौं ।
हामी थकालीहरूको आदि भूमि थाकखोला थासाङ्का मूल निवासी थकाली जातिको इतिहास र संस्कृतिको अनुशीलन गरी यस समुदायको उत्थान, हित र पहिचानका विविध पक्षमा वस्तुपरक तथा वैज्ञानिक अध्ययन-अनुसन्धान गर्न र थकाली प्रतिष्ठालाई अझ ठोस र उज्ज्वल पार्न ‘थकाली अनुसन्धान केन्द्र’ अग्रेजीमा Thakali Research Centre (TRC )स्थापना गरि मिति २०६० साल भाद्र १९ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता भएको संस्था हो ।