Thakali Research Centre

आनुवंशिकीबारे जानकारीमूलक कार्यक्रम

मिति २०८० फागुन १२ गते शनिवारको दिन थकाली अनुसन्धान केन्द्रद्वारा आयोजित थकाली इतिहास लेखनका लागि आनुवंशिकी (DNA)परिक्षणबारे जानकारीमूलक कार्यक्रमको प्रस्ताेता विशेष अतिथि समाजशास्त्री डा.टेकबहादुर गुरूङज्यूबाट सौहार्दपूर्ण वातावरणमा थसेस नेपाल क्षेत्रीय समिति काठमांडौकाे सभाहलमा सम्पन्न भयाे । सर्वप्रथम् कार्यक्रममा विशिष्ट अतिथि मानवशास्त्री डा.टेकबहादुर गुरूङज्यू र उहाँको धर्मपत्नि श्रीमती अनिता गुरूङद्वयलाई अध्यक्ष नरेशकुमार तुलाचनज्यूले खादाले स्वागत गर्नु भएको थियो ।
डा.गुरूङज्यूद्वारा आनुवंशिकीबारेकाे प्रस्तुतिकरणले कुनै पनि समुदाय वास्तवमा कुन वर्ण भित्र पर्छ ? भन्ने कुरा उक्त (DNA) आनुवंशिकी पत्ता लाग्ने कुरा जानकारी गराउनु भएकाे थियाे । कार्यक्रमका प्रमुख अतिथि थकाली सेवा समिति नेपाल केन्द्रका अध्यक्ष श्री गजेन्द्र तुलाचनज्यूले डा.टेकबहादुर गुरूङज्यूलाई आनुवंशिकीबारेकाे जानकारी गराउनु भएकोमा धन्यवाद व्यक्त गर्दै थकाली समुदायको (DNA) आनुवंशिकी परिक्षण ४० क्ह्यूबाट नै लिदाँ उपयुक्त हुने कुरा सुझाब दिनु भएको थियो ।
अनुसन्धान केन्द्रका अध्यक्ष श्री नरेशकुमार तुलाचनज्यूले थकाली अनुसन्धान केन्द्रकाे विधानमा थकाली इतिहास अध्ययन अनुसन्धान पुरातात्विक पाैराणिक सामाजिक दस्तावेज र समुदायकाे आनुवंशिकीबारे वैज्ञानिक आधारमा समेत गरिनु पर्ने उल्लेख भएकाे कारण यसबारेमा काठमांडौंमा अवस्थित सबै क्ह्यूहरुलाइ आनुवंशिकी परिक्षणकाे आवश्यक्ताबारे जानकारी दिलाउनेबारेमा याे कार्यक्रम आयाेजना गरिएकाे कुरा व्यक्त गर्नु भएकाे थियाे । अन्तमा व्यस्थताकाे वाबजुद पनि हाम्रो निमन्त्रणालाइ सहर्ष स्वीकार गरि उपस्थित विशेष अतिथि लगायत गुरूङद्वय लगायत सम्पूर्ण क्ह्यूबाट प्रतिनिधित्व गर्नु भएका महानुभावहरुप्रति आभार व्यक्त गर्दै थकाली अनुसन्धान केन्द्रद्वारा मायाकाे चिनो डा‍ गुरुङज्यूलाइ प्रदान गर्दै कार्यक्रम समापन गर्नु भएको थियो । कार्यक्रम सन्चालन सह सचिव श्री छनबहादुर भट्टचनले गर्नु भएको थियाे ।






Leave a Reply

Your email address will not be published. Required fields are marked *