काठमाडौ -२०८० भाद्र २७ गते बुधवारको दिन थकाली अनुसन्धान केन्द्रको विशेष वैठक अध्यक्ष श्री नरेशकुमार तुलाचनज्यूको अध्यक्षता थसेस नेपाल केन्द्रको बैठक हल बिनायकबस्ती बालाजुमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो । सो बैठकले थकाली जातिको इतिहास लेखन कार्य सम्पन्न गर्नका लागि पोखरा नदिपुर निवासी विदुषी थकाली संस्कृति इतिहास ज्ञाता प्राध्यापक ज्योती(खुनरा)भट्टचनज्यूलाई आग्रह भए अनुसार उहाँबाट इतिहास लेखनीको प्रस्ताव यहि मिति २०८० भाद्र ५ गते प्राप्त भएको थियो । वैठकले प्राप्त प्रस्ताव उपर छलफल गरि प्राध्यापक ज्योती भट्टचनलाई सर्वसम्मतले थकाली इतिहास लेखनका लागि अनुवन्धित हुनु भएकाे छ । समितिले दुईवर्ष भित्र इतिहास लेखन सम्पन्न गरी थकाली अनुसन्धान केन्द्रलाई बुझाउने शर्तनामा सम्झौतापत्र तयार पारी सदस्य सचिव शुशिला शेरचनले बैठकमा पढेर सुनाउनु भएको थियो । उक्त समझौतापत्र बमोजिम शर्तनामा पालना गर्ने प्रतिवद्धता व्यक्त गर्दै दुबैपक्षबाट हस्ताक्षर गरिएको थियो । शुभकामना मनतव्य व्यक्त गर्नेक्रममा थकाली समुदायको संस्कृति ज्ञाता श्री केशव नारायण भट्टचनज्यू,थसेस जापानका पूर्व अध्यक्ष प्राध्यापक चन्द्र भट्टचनज्यू,पूर्व केन्द्रीय अध्यक्ष एवम् अनुसन्धान केन्द्रका सल्लाहकार श्री कृष्णकुमारी शेरचनज्यू, पूर्व केन्द्रीय अध्यक्ष एवम् थकाली अनुसन्धान केन्द्रका सल्लाहकार श्री खगेन्द्र भट्टचनज्यू, थकाली अनुसन्धान केन्द्रका सल्लाहकार डा.ज्योति शेरचनज्यू र थकाली सेवा समिति नेपाल, केन्द्रीय अध्यक्ष एवम् यस संस्थाका संरक्षक श्री गजेन्द्र तुलाचनज्यू सबैले प्रा.ज्योति भट्टचनज्यूलाई थकाली इतिहास लेखन कार्य समयमै सफलता मिलोस भनि शुभकामना व्यक्त गर्नु भएको थियो । र वक्ताहरूद्वारा थकाली अनुसन्धान केन्द्रले २० वर्ष पछि अध्यक्ष नरेशकुमार तुलाचनको नेतृत्वको कार्यसमितिको अथकप्रयास बावजूद इतिहास लेखन कार्यको थालनी भएकोमा खुशी व्यक्त गर्दै विशेष धन्यवाद एवम् शुभकामना व्यक्त गर्नु भएको थियो । यस ऐतिहासिक कार्यमा सबैको साथ सहयोग रहने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको थियो । विशेष वैठकको मन्तव्यको क्रममा प्राध्यापक ज्योती भट्टचनले थकाली इतिहास लेखन कार्यको लागि प्रदान गर्नु भएको यो सुअवसरको लागि थकाली अनुसन्धान केन्द्रलाई मुरी मुरी धन्यवाद व्यक्त गर्दै कसैको आग्रह पूर्वाग्रहको प्रभावमा नपरी सत्यतथ्य र यथार्थ थकाली इतिहास लेखन कार्य सम्पन्न गरि समयमै थकाली अनुसन्धान केन्द्रलाई बुझाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा भट्टचनज्यूलाई केन्द्रीय अध्यक्ष एवम् थकाली अनुसन्धान केन्द्रका संरक्षक श्री गजेन्द्र तुलाचन र अनुसन्धान केन्द्रका अध्यक्ष नरेशकुमार तुलाचनद्वारा खादाद्वारा सम्मान गर्नु भएको थियो ।अन्तमा थकाली अनुसन्धान केन्द्रले संकलन गरिएको थाक सातसय १३ मुखियाको मातहतमा रहेको प्राचीन ताम्रपत्र र विभिन्न पाण्डुलिपि दस्तावेजहरूको छायाकपी र अनुसन्धान केन्द्रले हालसम्म अन्य संकलित विभिन्न दस्तावेजहरू, थकालीहरूको पौराणिक पवित्र ग्रन्थ “ह्रप”को छायाकपी सदस्य सचिव प्राध्यापक शुशीला शेरचनज्यूले प्राध्यापक ज्योती भट्टचनज्यूलाई हस्तान्तरण गर्नु भएको थियो । भने कोषाध्यक्ष श्री दिलप्रसाद शेरचनज्यूले पेश्की स्वरूप रू ३०००००/-(तीन लाख)रूपैयाको चेक प्राध्यापक ज्योती भट्टचनलाई हस्तान्तरण गर्नु भएको थियो ।
अध्यक्ष नरेशकुमार तुलाचनज्यूले आफ्नो भनाईमा थकाली अनुसन्धान केन्द्रले हालसम्म थकालीबारे अध्ययन अनुसन्धान गरी बिभिन्न पत्रपत्रिका र पुस्तकहरू प्रकाशन गर्दै आईरहेको भएता पनि विविध कारणले थकाली इतिहास लेखनको विधिवत थालनी हुन सकेको थिएन । तर २० वर्षको अन्तरकाल पछि विदुषी इतिहासकार ज्योती (खुनरा )भट्टचनज्यूलाई आजको मितिमा थकाली इतिहास लेखन कार्यमा नियुक्ति गर्न अवसर मिलेकोमा अत्यन्त खुशीको महशुस भएको कुरा व्यक्त गर्नु भएको थियो । थकाली समुदायको चार देवी देवता र महागुरू नरीच्ह्योवले हामी सबैको उद्देश्य लक्ष्य पुरा गरुन् भन्दै यस ऐतिहासिक कार्यमा सफलता मिलोस भनि प्राध्यापक ज्योती भट्टचनज्यूलाई शुभ कामना व्यक्त गर्नु भएको थियो ।
थकाली इतिहास लेखन अभियानमा स्वदेश तथा विदेश स्थित थकाली संघ संस्था, थासाङ गाँउपालीका कोवाङ र सम्पूर्ण थकाली समाजसेवीहरूलाई प्रशंसनीय सहयोग सहकार्य हौसला र अमूल्य सल्लाह सुझावको लागि हार्दिक धन्यवाद एवम् आभार व्यक्त गर्नु भएको थियो । थकाली इतिहास लेखनले संसारभरी छरिएर रहेका थकालीहरू एवम् तीनका भावी पुस्ताहरूले थकाली को हुन ? र थकालीबारे समग्रपक्ष जानकारी प्राप्त गर्ने अवसर प्राप्त गर्नुका साथै थकालीबारे चासो राख्ने राष्ट्रीय अन्तर्राष्ट्रीय तहसम्म पनि थकाली पहिचान दिलाउनेमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो । किनभने इतिहास भनेको अतीतको दर्पण र भविष्यको दिग्दर्शन हो ।
अन्तमा अध्यक्ष नरेशकुमार तुलाचनज्यूले यो विशेष र महत्वपूर्ण वैठकमा व्यस्तता बावजूद पनि सहभागी सम्पूर्ण महानुभावहरूलाई हृदयदेखिनै धन्यवाद एवम् आभार व्यक्त गर्दै बैठक समापन भएको घोषणा गर्नु भएको थियो ।








